Sunday, September 24, 2017




गर्नका निम्ति मिठो सुसेलिका साथ
उनिहरु झर्दछन ...
र त फुलिरहेको छु
पृथ्वी देखि साह्रा ब्रह्माण्ड नै ढाक्ने
गरि...
प्राचीन ऋषिमुनिहरु मेरै स्वरुप हेरेरै
तत्त्वज्ञानि भएकान अरे,
अनि मेरा रहस्यमा डुबि कविहरु
कविता कोर्छन अरे ,
त्यसैले पनि रहस्यमय भई आफ्नै
अन्तर्मुखी संसारमा फुलिरहेको छु,
मेरो कण कण का रङ ले प्रकृतिकै गुह्य नियमहरु
प्रतिबिम्बित गर्छन् ,
त्यसैले होला सात समुन्द्रपारीबाट
भमराहरु मेरो रस चुस्न आउछन् रे,
मेरा हरेक चालको झलकबाट
प्राणिहरुको मुहारमा हर्ष
पैदा गरिदिन्छ रे,
निराशिहरुको आशा र
अज्ञानीहरुको लागि ज्ञान भरिदिन्छन
रे,
अरुले जसरी वर्णन गरे पनि म
तिनिहरुको भ्रम तोड्ने गरि फुलिरहेको,
हिलो सरि अराजक संसारलाई दमन
गरि फुलिरहेको,
करुणा को आँसु बगाई,
मैत्रीको मुस्कान बोकि,
निरन्तर फुलिरहेको,
तर म नि एक दिन ओइलाएर जानेछु,
म आत्माबिहिन छु,
जतिसुकै आफ्नै गुण्गाण गरे पनि ,
म क्षणभङुर छु,
म खिएर मरेर जानेछु,
धुजा धुजा गरि बिलाएर जानेछु ।
यतिन्जेल म आफुसङ भएको चमक
छोडि फुलिरहनेछु,
ताकी अरुलाई पनि फुल्न प्रेरणा बनोस् ...
हिलोमा फुलिरहेको छु कसैलाई
हिलोबाट उम्काउन पाओस,
...किनकी,
मग्मगाउँदै फुलिरहेको म फुल हुँ, एक कमलको फुल

हिलोमा फुलिरहेको तरपनि हिलोले छुन
नसकेको कमलको फुल...